एमाले लुम्बिनी प्रदेशको अध्यक्षका लागि बिहान ८ बजेपछि मतदान हुँदै

नेपालभ्युज

एमाले लुम्बिनी प्रदेशको अध्यक्षका लागि बिहान ८ बजेपछि मतदान हुँदै

काठमाडौं । नेकपा  एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मंगलबार बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुँदैछ ।

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार निर्वाचन कमिटीले ८ बजे मतदान सुरु गर्ने गरी तयारी गरेको छ ।

यसअघि सोमबार रातिदेखि मतदान गर्ने भनिए पनि अन्तिम समयमा आन्तरीक तयारी नपुगेको र अध्यक्ष मण्डलले उज्यालोमा मतदान गर्न आग्रह गरेकाले समय सारिएको हो ।

सहमतिको प्रयास असफल भएपछि सुरु भएको निर्वाचन प्रक्रियामा पाँच पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ ।

सचिवमा दाङका लक्ष्मण आचार्य र सोमनाथ सापकोटाको उम्मेदवारी परेको छ । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् ।

त्यस्तै उपसचिव खुलामा उपेन्द्रलाल कामी–रुकुम पूर्व, दुर्गाप्रसाद थारू चौधरी–बाँके, पूर्ण बुढामगर–रोल्पा र हिरा एसी–गुल्मीको उम्मेलदवारी परेको छ भने महिला उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बाँकेकी लीला रानामगरको उम्मेदवारी परेको एमालेले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved