ओलीको जिज्ञासा- नेपालले भारतलाई २२९ मा रोक्न सक्ला ?

नेपालभ्युज

ओलीको जिज्ञासा- नेपालले भारतलाई २२९ मा रोक्न सक्ला ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले लक्ष्यमा पुग्नबाट भारतलाई रोक्न सक्ला भन्दै जिज्ञासा राखेका छन्।

सोमबार साँझ खेल हेर्दै गरेका ओलीले सामाजिक संजाल मार्फत यस्तो जिज्ञासा राखेका हुन् । उनले नेपालको बलिङ राम्रो भएको र भारतलाई २२९ रनमै रोक्न सक्ला भन्ने जिज्ञासा राखे ।

उनले फेसबुकमा लेखेका छन्, ‘के नेपालले भारतलाई २२९ मा रोक्न सक्ला? हाम्रो बलिङ त पहिलेदेखि नै राम्रो हो क्यार!’

श्रीलंकाको क्यान्डीमा जारी एसिया कपमा भारतविरुद्ध नेपालले २३१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved