ललितपुरस्थित नापीचन्द्र महाविहारको भवन उद्घाटन (तस्वीरहरु)

नेपालभ्युज

ललितपुरस्थित नापीचन्द्र महाविहारको भवन उद्घाटन (तस्वीरहरु)

काठमाडौं । नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत करिब ३ करोड ५० लाख रुपैयाँको लागतमा निर्मित ललितपुरस्थित नापीचन्द्र महाविहारको नयाँ भवनको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

सोमबार आयोजित उद्घाटन कार्यक्रममा ललितपुर विकास समाजका अध्यक्ष बुद्धिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाता इन्टचका प्रतिनिधिका साथै नेपाल सरकार रभारतीय दूतावासका पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत यो परियोजनाको निर्माण भएको भारतीय दूतावासले जनाएको छ । नेपाल सरकार सहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले यो परियोजनाको कार्यान्वयन गरेको दूतावासले जनाएको छ ।

तस्वीरहरु-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved