विज्ञको सुझाव- अर्थतन्त्र जोगाउन उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्छ

नेपालभ्युज

विज्ञको सुझाव- अर्थतन्त्र जोगाउन उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्छ

काठमाडौं । अर्थ क्षेत्रका जानकारहरुले मुलुकको अर्थतन्त्र सुधारका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् । अहिले देशको अर्थतन्त्र निकै गम्भीर मोडमा रहेको भन्दै उनीहरुले राज्यस्तरबाटै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘साना राज्यको क्षमता: नेपालमा प्रतिस्पर्धा र विदेश नीति प्राथमिकता’सम्बन्धी गोष्ठीमा बोल्दै सरोकारवालाहरुले मुलुकको अर्थतन्त्र सुधारका लागि उत्पादनमा जोड दिएका हुन् ।

कार्यक्रममा डा. भूमीराज शर्माले नेपालको अर्थतन्त्र धराशायी अवस्थामा रहेको भन्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन ढिलो भइसकेको टिप्पणी गरे ।

डा. शर्माका अनुसार नेपालमा सार्वजनिक ऋण बढ्नाले देशको अर्थतन्त्र गहिरो संकटमा परेको छ । उनले सार्वजनिक ऋण बढ्नुमा देशको राजनीतिक अस्थिरता, बैंकले लगानी गरेको पैसा समयमा नउठ्नु, बाह्य ऋण लिन नसक्नु जस्ता कारणलाई औंलाएका छन् ।

अनियन्त्रितरुपमा भइरहेको सरकारी खर्च घटाएर उत्पादन बढाउनुपर्ने उनको सुझाव थियो । उनको विश्लेषमा अहिले मुलुकको अर्थतन्त्र रेमिट्यान्सले थेगेको हो ।

‘हाम्रो देशमा एक्सपर्ट डेब्स र सर्भिसले अर्थतन्त्र कमजोर भएपनि रेमिट्यान्सले केही सहज भएको छ’, उनले भने, ‘सार्वजनिक ऋणलाई रोक्नको लागि सरकारी बजेट उत्पादनमूलक क्षेत्रमा लगानुपर्छ । साथै बैंकहरुले पनि आफ्नो लगानीलाई उत्पादनमूलक क्षेत्रमा लगाउन जोड दिनुपर्छ ।’

त्यस्तै कार्यक्रममा अर्थविद् डा.डिल्ली खनालले नेपालको सार्वजनिक ऋण खर्चमा नियन्त्रण गर्न नसके अर्थतन्त्र निकै धरासायी हुने विश्लेषण गरेका छन् । उनले नेपालको अर्थतन्त्र पाकिस्तान र श्रीलंकाको जस्तो हुनबाट जोगाउन उत्पादनमूलक क्षेत्रमा नै लगानी बढाउनुपर्नैमा जोड दिए ।

ऋण लिएको पैसा पनि अनुत्पादक क्षेत्रमा खर्च भएकोप्रति उनले चिन्ता व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved