बङ्गलादेशका स्टार ब्याट्सम्यान लिटन दासले एसिया कप गुमाउने

नेपालभ्युज

बङ्गलादेशका स्टार ब्याट्सम्यान लिटन दासले एसिया कप गुमाउने

काठमाडौं। बङ्गलादेशका स्टार ब्याट्सम्यान लिटन दासले एसिया कप २०२३ गुमाउने भएका छन् ।

भाइरल ज्वरोका कारण दास बङ्गलादेशी राष्ट्रिय टोलीसँग श्रीलंका जान नसकेका हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम क्रिक इन्फोका अनुसार दासको स्वास्थ्यमा सुधार नआएपश्चात् उनको स्थानमा अनामुल हकलाई खेलाउने निर्णय गरिएको छ।

टप अर्डर ब्याट्सम्यानको रूपमा चिनिने हक विकेट बचाउनको लागि चिनिन्छन्। यसअघि सन् २०२२ डिसेम्बरमा भारतविरुद्धको एकदिवसीय खेलमा हकले सहभागिता जनाएका थिए।उनले बङ्गलादेशको लागि ४४ एकदिवसीय खेल खेलेका छन्। बङ्गलादेशको लागि उनले कुल १२५४ रन बनाउँदा ५ अर्धशतक र ३ शतक प्रहार गरेका छन्। सम्पूर्ण खेलमा हक ओपनर वा ३ नम्बर ब्याट्सम्यानको रूपमा मैदान प्रवेश गरेका छन्।

पहिलोपटक एसिया कपको उपाधि पछ्याइरहेको बङ्गलादेशलाई दासको अभावले पक्कै असर गर्ने देखिन्छ। सन् २०२२ देखि २८ वर्षीय दास एकदिवसीयमा सर्वाधिक रनकर्ताको रूपमा चिनिन्छन्। उनले २५ खेलमा ८७८ रन जोड्दा ७ अर्धशतक र १ शतक प्रहार गरेका छन्।

गत फेब्रुअरीमा अफगानिस्तानविरुद्धको खेलमा उनले १३६ रन जोडेका थिए। यो उनको सर्वाधिक रन पनि हो। बङ्गलादेशले आफ्नो पहिलो खेल घरेलु टोली श्रीलंकासँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। आगामी आइतबार भने अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved