कानूनमन्त्रीको जवाफ- विधेयक निर्माणमा बिचौलियाको चलखेल भएको छैन, म क्लिन छु

नेपालभ्युज

कानूनमन्त्रीको जवाफ- विधेयक निर्माणमा बिचौलियाको चलखेल भएको छैन, म क्लिन छु

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफू निष्ठाको राजनीतिबाट नचुकेको दाबी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

सांसदहरुले उक्त विधेयक ल्याउने क्रममा बिचौलियाहरु हाबी भएको टिप्पणी गरेकोमा आपत्ति जनाउँदै उनले आफूमाथि त्यस्ता खालको आरोप नलगाउन आग्रह पनि गरे ।

सधैं मन्त्री नहुने कुरामा आफू स्पष्ट रहेको उल्लेख गर्दै गुरुङले निष्ठाको राजनीति नछोड्ने प्रतिबद्धता व्यक्त गरे । जुन दिन निष्ठामाथि आँच आउँछ, त्यसपछि राजनीति नै नगर्ने उनको भनाइ थियो ।

मन्त्री गुरुङले आफू जिन्दगीभर विचौलियाविरुद्ध लडेर आएकोले अहिले साँठगाँठ हुने कल्पनासमेत गर्न नसक्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved