प्रधानमन्त्रीको निर्देशन- सोलुखुम्बु दिप्लीघाटको भत्किएको पुल तत्काल पुनःनिर्माण गर्नू

नेपालभ्युज

प्रधानमन्त्रीको निर्देशन- सोलुखुम्बु दिप्लीघाटको भत्किएको पुल तत्काल पुनःनिर्माण गर्नू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुको दिप्लीघाटस्थित दुधकोशी नदीको भत्किएको पुल (बेलीब्रीज) तत्काल पुनःनिर्माण गर्न निर्देशन दिएका छन् ।

लगातारको वर्षाका कारण गत बिहीबार आएको बाढीले दिप्लीघाटको पुल भत्काएको थियो । उक्त पुल तत्काल पुन:निर्माण गर्न प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई निर्देशन दिएका हुन् ।

कोशीपारि जोड्ने पुल भत्किएपछि त्यसको प्रत्यक्ष जनताले भोग्नुपर्ने ध्यानाकर्षण गराउँदै नेकपा (माओवादी केन्द्र), सोलुखुम्बुका अध्यक्षसमेत रहेका थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई नेतृत्वको टोली सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबार पुगेको थियो । उक्त टोलीले ध्यानाकर्षणपत्र बुझाएलगत्तै प्रधानमन्त्री प्रचण्डले मन्त्री ज्वालालाई फोनमार्फत पुल तत्कालै पुन:निर्माण गर्न निर्देशन दिएका हुन् ।

आइतबार मात्रै अध्यक्ष राईकै नेतृत्वमा प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईलगायतको सहभागितामा भत्किएको पुलको स्थलगत निरीक्षण गरिएको थियो । त्यसपछि राई सिधै प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदबार आइपुगेका हुन् ।

भत्किएको दिप्लीघाट पुलको स्थलगत निरीक्षण गर्दै थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईसहितको टोली । तस्वीर : अध्यक्ष राईको सचिवालय ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved