हातपात भएको भन्दै कर्मचारीद्वारा नगरपालिकाको कार्यालयमा तालाबन्दी

नेपालभ्युज

हातपात भएको भन्दै कर्मचारीद्वारा नगरपालिकाको कार्यालयमा तालाबन्दी

सुर्खेत। कर्मचारीमाथि हातपात भएको भन्दै कर्मचारीले नै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । रुकुमपश्चिम मुसिकोट नगरपालिकाका कर्मचारीले नगरपालिकाको कार्यालयमा लाताबन्दी गरेका हुन् ।

नगरपालिकाका शिक्षा शाखाका निमित्त प्रमुख नरेन्द्र ओलीमाथि नगर उपप्रमुख विमलकुमार पुनले शनिबार हातपात तथा दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।

मुसिकोट–१ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा करार शिक्षक नियुक्त गर्नका लागि शनिबार नगरपालिकामा परीक्षा कार्यक्रम सुरु गर्न थाल्दा उपप्रमुख पुनले शिक्षा शाखाका निमित्त प्रमुख ओलीमाथि हातपात गर्नुका साथै गालीगलौज गरेको कर्मचारीले आरोप लगाएका छन् ।

आफूले कसैमाथि हातपात र दुर्व्यवहार नगरेको नगरपालिकाका उपप्रमुख पुनले बताए । ‘मैले कसैमाथि पनि हातपात गरेको छैन ।’ उनले भने, ‘तर, परीक्षालाई मर्यादित बनाऔं मात्रै भनेको हुँ ।’

विरोधस्वरूप कार्यालयको सेवा ठप्प पारेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले बताए । ‘प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार भएको भन्दै कर्मचारीहरूले उक्त घटनाको विरोध गरेका छन् ।’ उनले भने,‘नगरपालिकाका सबै काम आइतबार बन्द रहेका छन् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved