सन्दीपविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा, आज अन्तिम सुनुवाइ

नेपालभ्युज

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा, आज अन्तिम सुनुवाइ

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ । काठमाडौं जिल्ला अदालतमा जारी मुद्दामा आइतबार अन्तिम सुनुवाइ दाबी गरिएको छ ।

उक्त इजलासको नम्बर १५ मा लामिछानेको मुद्दा पेसीमा चढेको छ भने उनको मुद्दा पेसी सूचीको पाँचौं नम्बरमा परेको छ ।

नाबालिग बलात्कारको कसुरमा क्रिकेटर लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते अदालतमा मुद्दा परेको थियो । त्यसयता अन्तिम सुनुवाइ विभिन्न कारणले स्थगित हुँदै आएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved