सरकारविरुद्ध नेविसंघको प्रदर्शन (तस्वीरहरू)

सरकारविरुद्ध नेविसंघको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं। इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले इन्जिनियरिङ विषयको पढाइमा अत्यधिक शुल्क वृद्धि गरेको भन्दै सत्तारुढ दल नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आज सरकारविरुद्ध प्रदर्शन गरेको छ।

आईओई कार्यान्वयन समितिको २०८० श्रावण २५ गतेको निर्णयअनुसार इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक क्याम्पसहरूको शुल्क २ लाख ८० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्‍याएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न गएका उनीहरूलाई प्रहरीले भाटभटेनीमै रोकेको छ।प्रहरीले निषेधित क्षेत्रमा रोकेपछि केहीबेर प्रहरी र विद्यार्थीहरूबीच घम्साघम्सीसमेत भएको थियो।

सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षा एकै मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने, वृद्धि भएको २७७ % अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि तुरुन्तै फिर्ता लिनुपर्ने जस्ता मागहरू उनीहरूले राखेका छन्।

प्रदर्शनका क्रमममा विद्यार्थीहरूले आईओई का डिनको राजीनामासमेत माग गरेका छन्।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved