मध्य र पूर्वी नेपालमा रातभर मुसलधारे वर्षा, खोला र नदीले खतराको तह नाघे

गएराति खोटाङ, संखुवासभा, बारा, नवलपुर,  मकवानपुर, दोलखा, कास्की, लमजुङ  लगायतका क्षेत्रमा ठूलो पानी परेको छ । मुसलधारे वर्षासँगै विभिन्न खोला नदीले सतर्कता तह पार गरेका छन् ।

नेपालभ्युज

मध्य र पूर्वी नेपालमा रातभर मुसलधारे वर्षा, खोला र नदीले खतराको तह नाघे
सांकेतिक तश्वीर

काठमाडौं । मध्य र पूर्वी नेपालमा रातभर मुसलधारे वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार  गण्डकी, बागमती, मधेस र कोशी प्रदेशमा राती मुसलधारे पानी परेको हो ।

पछल्लो १२  घण्टामा सुनसरीको चतरामा १ सय ३० मिलिमिटर पानी परेको छ । त्यस्तै,  पोखराको जुम्लेटीमा १ सय ४, कास्कीमा ९०,  चितवनको ठोरीमा ९० मिलिमिटर बाराको निजगढीमा ८५  मिलिमिटर पानी परेको छ ।

गएराति खोटाङ, संखुवासभा, बारा, नवलपुर,  मकवानपुर, दोलखा, कास्की, लमजुङ  लगायतका क्षेत्रमा ठूलो पानी परेको छ । मुसलधारे वर्षासँगै विभिन्न खोला नदीले सतर्कता तह पार गरेका छन् ।

बाराको  निजगढ, कोभि, अम्लेखगञ्ज, सर्लाइको कर्मैया, र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ। बकैया नदी र सो क्षेत्र भइ बहने नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने भूभागमा रहनुहुनेले सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

यस्तै,  सङ्खुवासभाको खादबारी,तुम्लिङ्टार,सप्तकोशी चतरा,लेवाघाट धनकुटा, खोटाङ्ग बजार क्षेत्र भएर बहने खोलाहरुमा आकस्मिक जलसतह बढ्न सक्ने भएकाले आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै। मकवानपुरको मकवानपुरगढी, कास्कीको लुम्ले र जुम्लेटी, पर्साको ठोरी, बाराको कलैया र परवानीपुरका साना नदीहरूमा आकस्मिक बाढीको जोखिम र पहिरोग्रस्त क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved