खेलकुदमन्त्री लिम्बूलाई डेङ्गु संक्रमण, वीर अस्पताल भर्ना

नेपालभ्युज

खेलकुदमन्त्री लिम्बूलाई डेङ्गु संक्रमण, वीर अस्पताल भर्ना
फाइल फोटो

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेङ्गु संक्रमण भएको छ । शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेङ्गु सङ्क्रमण देखिएपछि उपचारका लागि शनिबार मन्त्री लिम्बू वीर अस्पताल भर्ना भएको उनका स्वकीय सचिव रोशन राईले जानकारी दिए ।

मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्कीएका थिए । वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बूलाई डा धुर्व गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको जनाइएको छ ।

मन्त्री लिम्बूलाई भेट्न शनिबार साँझ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका थिए । उनले मन्त्री लिम्बूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved