सामाजिक द्वन्द्व फैलाएर अनियमितता लुकाउने प्रयास भयो : रवि लामिछाने

नेपालभ्युज

सामाजिक द्वन्द्व फैलाएर अनियमितता लुकाउने प्रयास भयो : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले समाजको सद्भाव खल्बल्याएर अहिले भइरहेका अनियमितता लुकाउने प्रयास भइरहेको बताएका छन् ।​​ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले कोशी प्रदेशमा सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुनुपर्ने जिकिर गरे । उनले समाजको सद्भाव खल्बल्याउने मान्छेलाई आफ्नो सामाजिक सञ्जालबाटै बहिष्कार गर्न आग्रह गरे । उनले जाति जातिबीचको द्वन्द्व अहिले नरहेको भन्दै अहिले सबै एकजुट भइ गरिबी, बेरोजगारी र अशिक्षा रूपी शत्रुलाई हटाउनुपर्ने बेला रहेको उल्लेख गरे ।

उनले कानुनीरूपमा वर्जित काम गर्न नमिल्ने भन्दै एक अर्काको आस्था र विश्वासमा आँच आउने कार्य नगर्न आग्रह गरे ।

सभापति लामिछानेले सामाजिक सद्भाव खल्बल्याएर राजनीतिको राेटी सेक्ने काम गर्न नहुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved