प्रत्येक जिल्लामा कम्तिमा एउटा सार्वजनिक निजी साझेदारी आयोजना सञ्चालन गरौँ : अध्यक्ष ढकाल

नेपालभ्युज

प्रत्येक जिल्लामा कम्तिमा एउटा सार्वजनिक निजी साझेदारी आयोजना सञ्चालन गरौँ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका ७७ वटै जिल्लामा कम्तिमा एउटा बृहत् व्यावसायिक आयोजना सञ्चालन गर्नुपर्ने बताए।

जिल्ला समन्वय समितिकाद्वारा आयोजना गरिएको समन्वय तथा अनुगमन राष्ट्रिय सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ढकालले हरेक जिल्लामा आर्थिक गतिविधि बढाउन र त्यहाँ उपलब्ध स्रोत साधनलाई सदुपयोग गर्न सार्वजनिक निजी साझेदारीमा कम्तिमा एउटा बृहत् व्यवसायिक आयोजना सञ्चालन गर्नका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले पहल गर्नुपर्ने बताए।

उनले यसबाट जिल्लामा उपलब्ध स्रोत साधनलाई सदुपयोग गर्दै जिल्लामा आर्थिक गतिविधि बढाउन सकिने र स्थानीय रूपमा राजश्व संकलन तथा रोजगारी सिर्जना हुन सक्ने भन्दै महासंघ र जिल्ला उद्योग वाणिज्य संघहरू सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताए ।

उनले सरकार तथा निजी क्षेत्रसँग समन्वयकारी भूमिका निर्वाह गर्न जिल्ला समन्वय समितिका पदाधिकारीहरूलाई आग्रहसमेत गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved