महिला टी-२० सिरिजको फाइनलमा हङकङसँग नेपालले पायो १०२ रनको लक्ष्य

नेपालभ्युज

महिला टी-२० सिरिजको फाइनलमा हङकङसँग नेपालले पायो १०२ रनको लक्ष्य

काठमाडौं । चार देश सम्मिलित महिला टी-२० सिरिजको फाइनलमा अहिले नेपाल र हङकङबीच प्रतिस्पर्धा भइरहेको छ ।

पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई १ सय २ रनको लक्ष्य दिएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा हङकङले पुरै ओभर खेलेर ६ विकेट गुमाउँदै १०१ रन बनाएको हो ।

उसका लागि का यिङ चानले २९,  मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले अविजित १४ रन बनाइन् । नेपालका लागि खुशी डंगोलले तीन तथा अश्मिना कर्माचार्य र कविता जोशीले एकरएक विकेट लिए ।

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो भने अन्तिम खेलमा मलेसियासँग ६ विकेटले पराजित भएको थियो ।

यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीका रुपमा यो सिरिज आयोजना गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved