ओलीको उदयपछि घृणाको राजनीति मौलायो- घनश्याम भुसाल

नेपालभ्युज

ओलीको उदयपछि घृणाको राजनीति मौलायो- घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उदयसँगै घृणाको राजनीति मौलाएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा ओलीको उदयसँगै निन्दा, खुट्टा तानातान, भत्र्सना र गालीको परम्परा हाबी भएको बताएका हुन् ।

नयाँ पार्टीहरुप्रति लक्षित गर्दै उनले अहिले ओलीभन्दा पनि १० हातमाथि गएर निन्दा भत्र्सनामा उत्रिनेहरु आएको टिप्पणी गरे । ओलीकै कारण नेपालको शिक्षामा हुनुपर्ने उल्लेख्य प्रगति हुन नसकेको उनको आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved