नेता रावलको व्यंग्यः ‘सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्’

नेपालभ्युज

नेता रावलको व्यंग्यः ‘सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्’

काटमाडों । नेकपा एमालेका नेता डा. भीम रावलले नेपालको संस्कृति भनेको देशको लागि मुटु कलेजो भएको बताएका छन् । बिहीवार काठमाडौंमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्, जग्गा खाने शरणार्थी काण्डहरुले देशकै फजिति नहोस् लगायतका कवितांशहरुबाट सरकारको व्यंग्य गरे ।

‘सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्, जग्गा खाने शरणार्थी काण्डहरुले देशकै फजिति नहोस् । आफ्नै भाका लय र लहरले संगीत मीठो बनोस्, कति समृद्ध, सुसंस्कृत देश छ नेपाल संसार सधैँ भनोस्’  उनले भने, ‘भारी भ्रष्ट मति, गति र खतिका मिल्काइदेउन् सबै, हे गौरा यो पवित्र भूमिमा नहोस् अनिष्ठ कवै । हाम्रा भाषा, संस्कृति, ऋति, रिवाज जसरी हाम्रा देशका मुटु कलेजा हुन्, देशको संस्कृति त्यस्तै हो ।’

यदी कुनै देशका जनतालाई खत्तम पार्नु छ, त्यो देशको एकता सिध्याउनु छ, त्यो देशको स्वाभिमानलाई समाप्त गर्नु छ भने त्यो देशका गौरालाई समाप्त गर्नुपर्छ भन्ने उनको धारणा थियो ।

नेता डा. रावलले आफू गृहमन्त्री हुँदा गौरा पर्वमा बिदा दिएको तर अहिले किन काटिएको भन्दै प्रश्न गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved