काठमाडौंमा लामखुट्टेको लार्भा नस्ट गर्न ‘बायो लार्भिसिद’, नेपालमै पहिलो प्रयोग भएको बालेनको दाबी

नेपालभ्युज

काठमाडौंमा लामखुट्टेको लार्भा नस्ट गर्न ‘बायो लार्भिसिद’, नेपालमै पहिलो प्रयोग भएको बालेनको दाबी

काठमाडौं । काठमाडौं महानगरपालिकाले लामखुट्टेको लार्भा नष्ट गर्न बायो लार्भिसिद छर्कन थालेको छ ।

काठमाडौमा डेंगी रोग फैलन नदिनको लागि लामखुट्टेको लार्भा नस्ट गर्न नेपालमै पहिलो पटक बायो लार्भिसिद छर्कन थालेको मेयर बालेन शाहले दाबी गरेका छन् ।

यो औषधि जैविक भएकाले यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी नगर्ने उनले जनाएका छन् ।

औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गरेर उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट बालेनले जनाएका छन् ।

यससँगै काठमाडौं महानगरले डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको पनि उनले जानकारी दिएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved