युक्रेनद्धारा रुसको एअरबेसमै आक्रमण, सुपरसोनिक बम वर्षक यन्त्र ध्वस्त बनाएको दाबी

सामाजिक सञ्जालमा पोष्ट गरिएका तश्वीर र भिडियोहरुले सेन्ट पिटर्सबर्गको दक्षिणमा रहेको सोल्ट्सी-२ एयरबेसमा आगो लागेको र टु-२२ यन्त्र जलिरहेको देखाएका छन् ।

नेपालभ्युज

युक्रेनद्धारा रुसको एअरबेसमै आक्रमण, सुपरसोनिक बम वर्षक यन्त्र ध्वस्त बनाएको दाबी

एजेन्सी । युक्रेनी ड्रोन हमलामा रुसको एक प्रमुख लामो दूरीको सुपरसोनिक बमवर्षक यन्त्र ध्वस्त भएको छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका तश्वीर र भिडियोहरुले सेन्ट पिटर्सबर्गको दक्षिणमा रहेको सोल्ट्सी-२ एयरबेसमा आगो लागेको र टु-२२ यन्त्र जलिरहेको देखाएका छन् ।

यो यन्त्र ध्वनी भन्दा दुई गुणा छिटो यात्रा गर्न सक्छ । रुसले पछिल्ला दिनमा युक्रेनमा आक्रमण गर्न यसको धेरै प्रयोग गरिरहेको थियो ।

तर रुसले भने आफ्नो एअर बेसमा एउटा सानो मानवरहित यन्त्रले आक्रमण गरेको र ठूलो क्षति नभएको दाबी गरेको छ ।

रूसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भन्यो कि ‘ हेलीकप्टर-प्रकारको एउटा सानो ड्रोनद्वारा आक्रमण भएको हो, डराउनुपर्ने अवस्था छैन,  एउटा हवाईजहाज क्षतिग्रस्त भएको छ र आतंकवादी कार्यको परिणामको रूपमा कुनै हताहत भएको छैन ।’

विज्ञप्तिमा एयरफिल्डको पार्किङमा लागेको आगो छिट्टै निभाइएको पनि बताइएको छ।

युक्रेन अहिलेसम्म आफ्नै भूमिमा रक्षात्मक अवस्थामा रहेको थियो । अब भने रुसको राजधानी नजिकै रहेका एअरबेसमा आक्रमण गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पछिल्लो समय युक्रनेले अमेरिका र अरु युरोपेली देशबाट अत्याधुनिक ट्यांक,मिसाइल र लडाकु विमान र ड्रोनको सहयोग पाइरहेको छ ।

कीभले हालैका महिनाहरूमा मस्कोमा आक्रमण गर्न दर्जनौं फिक्स-पिङ मानवरहित विमानहरू प्रक्षेपण गरेको छ ।

टु-२२ एक शीतयुद्ध युगको स्विङ-विङ सुपरसोनिक बमवर्षक हो यसलाई नाटोले “ब्याकफायर” कोड नाम दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved