भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत कर, नेपालमा भाउ बढ्नसक्ने

नेपालभ्युज

भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत कर, नेपालमा भाउ बढ्नसक्ने

काठमाडौं । छिमेकी मुलुक भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ । यससँगै नेपालमा प्याजको भाउ बढ्ने संकेत देखिएको छ ।

भारतको वित्त मन्त्रालयले एक सूचना जारी गर्दै प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको हो ।

भारतका अनुसार त्यहाँ प्याजको मूल्य बढ्न थालेको छ । सोही मूल्यवृद्धि नियन्त्रण गर्न कर बढाइएको जनाइएको छ ।

भारतले प्याज निर्यातमा कर थपेसँगै नेपाली बजारमा मूल्य बढ्ने अनुमान गरिएको हो ।

अहिले भारतको आन्तरिक बजारमा प्याजको मूल्य प्रतिकिलो ३०.७२ भारु रहेको छ भने नेपालमा ६१ रुपैयाँ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved