‘तस्वीरमा बालबालिका’ फोटो प्रदर्शनी सुरु

‘तस्वीरमा बालबालिका’ फोटो प्रदर्शनी सुरु

काठमाडौंं। १८४औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) ले सिविन नेपालसँगको सहकार्यमा ‘तस्वीरमा बालबालिका’ शीर्षकमा फोटो प्रदर्शनी गरेको छ।

शनिबार काठमाडौंको हनुमानढोकामा आयोजना गरिएको प्रदर्शनीको सिविन नेपाल का संस्थापक अध्यक्ष गौरी प्रधानले उद्घाटन गरेका हुन्।

फोटो प्रदर्शनीमा विभिन्न फोटो पत्रकार र फोटोग्राफरहरूले खिचेका बालबालिकासँग सम्बन्धित ७० वटा फोटो राखिएको एनएफपीजे का कार्यबाहक महासचिव घनश्याम श्रेष्ठले बताए । प्रदर्शनी आज शनिबार साँझ ५ बजेसम्म चल्नेछ।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved