कर्णालीको हवाई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

नेपालभ्युज

कर्णालीको हवाई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं ।  कर्णाली पर्यटन उद्यमी समाजले कर्णालीको हवाई समस्या समाधान गरी पर्यटन विकासका लागि सरकारको ध्यानाकार्षण गराएको छ । समाजले पत्रकार सम्मेलन गरी १० बुँदे मागसमेत सार्वजनिक गरेको छ ।

कोरोना महामारीपछि बन्द रहेको हिल्सा नाका खुलाउनुपर्ने, हिल्सा नाकाबाट कैलाश मानसरोवर दर्शन गर्न जाने विदेशी पर्यटकलाई हिल्सा हुँदै चीन जानका लागि चीन सरकारसँग कूटनीतिक पहल गर्नुपर्नेलगायत माग अघि सारिएको समाजले विज्ञप्तीमार्फत जनाएको छ ।

कर्णालीका जनतासँग हवाई उडानबाहेक ‘कनेक्टिभिटी’को अन्य कुनै विकल्प नभएको अवस्थामा हवाई टिकटमा सरकारले लगाएको भ्याटका कारण त्यहाँका जनता मारमा परेको दाबी गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले कर्णालीलगायत दुर्गम क्षेत्रमा लगाएको हवाई प्रतिबन्ध फुकुवा हुनुमा कर्णाली पर्यटन उद्यमी समाजको योगदान रहेको अध्यक्ष देवीकृष्ण रोकायाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved