विद्युत् प्राधिकरणले बढायो कर्मचारीको तलबसँगै सेवा-सुविधा

नेपालभ्युज

विद्युत् प्राधिकरणले बढायो कर्मचारीको तलबसँगै सेवा-सुविधा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीको तलब वृद्धिको घोषणा गरेका छन् । शुक्रबार प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले तलब वृद्धिको घोषणा गरेका हुन् ।

उनले कर्मचारीका लागि अरु सेवा–सुविधा पनि थप गरिएको बताएका छन् । प्राधिकरणका कुनै कर्मचारीको काम गर्दागर्दै मृत्यु भएमा अमर प्रमाणपत्र र किरिया खर्चस्वरुप पाँच हजार रुपैयाँ दिइने घिसिङले बताए ।

त्यस्तै कर्मचारीको सन्तानका लागि ५० लाखसम्मको छात्रवृत्ति कोष खडा गर्नेसमेत उनले घोषणा गरेका छन् ।

घिसिङका अनुसार प्राधिकरणले कर्मचारीलाई हरेक वर्ष वार्षिक उत्सव भत्ताका रुपमा दिइँदै आएको १५ हजार भत्तालाई निरन्तरता दिइएको छ । त्यस्तै प्राधिकरणले महिलालाई दिँदै आएको प्रसूति भत्तालाई ७ हजार ५ सयबाट वृद्धि गरेर १५ हजार पु¥याएको छ ।

प्राधिकरणले सवारी खरिदमा ३ लाख अनुदानबाट बढाएर ५ लाख पुर्याएको छ भने शैक्षिक अनुदान १० हजारबाट बढाएर ३० हजार रुपैयाँ पुर्याएको छ ।

कर्मचारीलाई प्रदान गर्दै आएको प्रकोप अनुदान पनि २० हजारबाट ४० हजार पु¥याइएको कार्यकारी घिसिङले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved