श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजारबाट १७ हजार ३०० पुग्यो

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजारबाट बढाएर मासिक १७ हजार ३०० पुर्‍याएको छ। मन्त्रालयको निर्णय बिहीबार राजपत्रमा समेत प्रकाशित भएको छ।

नेपालभ्युज

श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजारबाट १७ हजार ३०० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजारबाट बढाएर मासिक १७ हजार ३०० पुर्‍याएको छ। सरकारको यो निर्णय बिहीबार राजपत्रमा समेत प्रकाशित भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो।

मन्त्रालयका अनुसार अब चिया बगान बाहेकका श्रमिकको हकमा मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको छ।

अब श्रमिकको दैनिक पारिश्रमिक ६६८ रुपैयाँ पुगेको छ। यसअघि यो रकम ५७७ रुपैयाँ रहेको थियो। आंशिक समय मात्र काम गर्ने कामदारको अब न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ प्रतिघण्टा पुगेको छ । यसअघि यो रकम ७७ रुपैयाँ प्रतिघण्टा रहेको थियो।

चिया बगानका श्रमिकको मासिक पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ पुगेको छ। यसअघि यो रकम १२ हजार ८१ रुपैयाँ रहेको थियो। प्रतिघण्टाका हिसाबले अब श्रमिकले ६६ रुपैयाँ पाउने छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved