तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलनको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक

नेपालभ्युज

तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलनको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक

काठमाडौं। तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलनको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन इन्टरनेटले सहकार्य गर्ने भएको छ ।

राष्ट्रिय युवा परिषद्, बागमती प्रदेश सरकार र नेपाल बिजनेस इन्स्च्यिुट (एनबीआई ) ले संयुक्तरूपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको तेस्रो संस्करणमा वर्ल्डलिंकले साझेदारका रुपमा काम गर्ने भएको हो ।

सम्मेलनमा सहकार्यबारे बुधबार सम्मेलन मुल आयोजक कमिटीका संयोजक विशाल गैरे र वर्ल्डलिंक कम्युनिकेसनका सञ्चालक मनोज अग्रवालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

डिजिटल नेपाल निमार्णमा सहकार्य गरिरहेको वर्ल्डलिंकले युवा उद्यमीहरुलाई प्रोत्साहन र उद्यमशीलताको बातावरण निमार्णका लागि सम्मेलनमा साझेदारी गरेको वर्ल्डलिंकका सञ्चालक मनोज अग्रवालले बताए ।

उनका अनुसार वर्ल्डलिंकले संस्तो, गुणस्तरीय र सर्वसुलभ इन्टरनेट प्रदान गरी देशभरकै युवाहरूलाई इन्टरनेटको पँहुच ल्याउनका लागि प्रयास गरिरहेको छ ।

त्यसैगरी, नेपाल बिजनेस इन्स्च्यिुटका अध्यक्षसमेत रहेका सम्मेलनका संयोजक विशाल गैरेले युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरूलाई सहजीकरण गर्ने, सरकारको निति, कार्यक्रम र बजेट युवा उद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धि हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० ( Youth Entrepreneurship Vision 2023 ) का निमार्ण एवं कार्यान्वयनका लागि यो शिखर सम्मेलन उपलब्धिमूलक हुने बताए । उनका अनुसार ७० जिल्लामा ५०० युवा उद्यमीहरू शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

प्रधानमन्त्रीले समुद्घाटन गर्ने यो वर्षको सम्मेलनमा ‘युवा नर्वप्रवर्तन : लगानी र समृद्धि’ भन्ने मूल नारा तय गरिएको छ । यो सम्मेलनले कोभिड १९ र पछिल्लो वित्तीय चुनौतीको समाधान पहिल्याउन तथा युवा उद्यमशीलता प्रवर्द्धनका लागि लगानीका प्राथमिकता प्राप्त क्षेत्रको पहिचान गरी स्टार्टअप उद्यममा युवाहरूको आकर्षण बनाउनका लागि, युवा उमेर समूहका उद्यमी बन्न चाहने युवाहरूको क्षमता अभिवृद्धि र उद्यमको वृद्धि विकासमा यो शिखर सम्मेलन महत्त्वपूर्ण हुने आयोजकको विश्वास रहेको छ ।

सम्मेलनलमा युवा उद्यमशीलताको विकास, प्रवर्द्धन र विस्तारबारे उच्चस्तरको परिसंवाद, अनुभव आदान-प्रदान, स्टोरी सेयरिङ, समूहगत छलफल, नेटवर्किङ, सफल युवा उद्यमीहरूको प्रस्तुति, कम्पनी दर्ता र उद्यमी कर्जा डेक्समार्फत परामर्श, उद्यमी मेला, विश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको प्रदर्शनी, लगानी सम्झौता लगायतका कार्यक्रमहरू रहेका छन् ।

सम्मेलनमा विभिन्न सरकारी निकाय, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार निकायको सहकार्य रहनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved