विष्णुपुरका आइटी अपरेटर र लेखापाल घुससहित पक्राउ

नेपालभ्युज

विष्णुपुरका आइटी अपरेटर र लेखापाल घुससहित पक्राउ

काठमाडौं । सप्तरीको विष्णुपुर गाऊँपालिकाका सूचना प्रविधि अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादव घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले उनीहरुलाई घुससहित नियन्त्रणमा लिएको हो । आइटी अपरेटर वीरेन्द्रकुमारले दुई लाख र लेखापाल टेकनारायणलाई तीन लाख रुपैयाँ घुससहित अख्तियारले नियन्त्रणमा लिएको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved