काठमाडौंमा यसरी मनाइयो भारतको ७७औं स्वतन्त्रता दिवस (तस्वीरहरू)

नेपालभ्युज

काठमाडौंमा यसरी मनाइयो भारतको ७७औं स्वतन्त्रता दिवस (तस्वीरहरू)

काठमाडौं।आज  काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७७औं स्वतन्त्रता दिवस मनाइएको छ। यो उत्सव भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको ‘आजादी का अमृत महोत्सव’ कै एक हिस्साको रूपमा रहेको बताइएको छ।

नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै सो समारोहको शुभारम्भ भएको हो । राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यलाई स्वतन्त्रता दिवसको शुभकामना पनि दिए।

कार्यक्रममा भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गर्दै माननीय राष्ट्रपतिले आफ्नो सन्देशमा भारतको स्वतन्त्रता प्राप्तिका लागि स्वतन्त्रता सेनानीहरूले गरेका बलिदानको स्मरण गर्दै देशले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिहरूबारे चर्चा गरिन्।

माननीय राष्ट्रपतिले भारतको गाथाप्रति भारतीय डायस्पोरामा आफूले नयाँ विश्वास देखेको बताइन् । साथै, उनले विकास एवम् मानवीय लक्ष्यलाई विश्वभर प्रवर्द्धन गर्न भारतले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताइन् । उनले अन्तर्राष्ट्रिय मञ्चमा भारतले निर्वाह गरेको नेतृत्वदायी भूमिका विशेषगरी जी–२० को अध्यक्षताबारे उल्लेख गरिन् ।

दूतावासले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई नेरु. ५.३३ करोड रकम वितरण गरी सम्मान गरेको छ ।

कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरूले देशभक्ति गीतका साथै अन्य प्रस्तुतिहरू प्रस्तुत गरेका थिए। आजको कार्यक्रम दूतावासको फेसबुक तथा युट्युब पेजमार्फत प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved