सुन गालेर बिस्कुट तयार, फेरि घटेर कति आउला तौल ?

सुन गालेर बिस्कुट तयार, फेरि घटेर कति आउला तौल ?

काठमाडौं।  मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने कार्य सकिएसँगै सुनको बिस्कुट तयार भएको छ।

मंगलबार बिहान साढे १० बजेबाट नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालेको हो।

गालिएको सुनको तौल सार्वजनिक गर्ने तयारी भइरहेको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।

यसअघि सोमबार ब्रेक सुबाट छुटाइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ। भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।

सुनसहितको ब्रेक सु १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो।
हेरौँ सुन गालेपछिका केही तस्वीरहरू।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved