काभ्रेमा सवारी दुर्घटनामा, एक जनाको मृत्यु

नेपालभ्युज

काभ्रेमा सवारी दुर्घटनामा, एक जनाको मृत्यु

काभ्रे । काभ्रेको बनेपामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अरनिको राजमार्गअन्तर्गत काभ्रे बनेपा नगरपालिका–१३ स्थित भैँसीपाटीमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–३ बस्ने वर्ष–२१ का अभिषेक न्यौपाने रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान १०:२० बजेको समयमा बनेपा बाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३४ प ११६७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित पल्टिएको र त्यसै बेला विपरीत दिशाबाट आउँदै गरेको बा. प्र ०३–००१ ख १५८६ नम्बरको १० चक्के ट्रकको मुनि छिर्दा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका न्यौपानेको धुलिखेल अस्पताल उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved