अफगानिस्तानमा बम बिस्फोट हुँदा ३ जनाको मृत्यु, ७ घाइते

नेपालभ्युज

अफगानिस्तानमा बम बिस्फोट हुँदा ३ जनाको मृत्यु, ७ घाइते
फाइल तस्वीर

काबुल। पूर्वी अफिगानिस्तानको खोस्ट प्रान्तको खोस्ट शहरमा सोमबार भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ ।

सोमबार भएको विस्फोटमा परी अन्य ७ जना घाइते भएको खोस्ट प्रान्तले जनाएको छ ।

विस्फोट क्षेत्रमा अहिले प्रहरीले घेराबन्दी गरी अनुसन्धान गरिरहेको बताइएको छ ।

पाकिस्तानको बजिरिस्तान क्षेत्रबाट फर्किएका केही शरणार्थीहरू र खोस्टका बासिन्दाहरू सहभागी रहेको एक होटलमा बम विस्फोट भएको थियो । अहिले घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved