एमालेले तोक्यो उपत्यकासहित आठै प्रदेशको अधिवेशन, कुनमा कहिले ?

नेपालभ्युज

एमालेले तोक्यो उपत्यकासहित आठै प्रदेशको अधिवेशन, कुनमा कहिले ?

काठमाडौं । नेकपा एमालेले उपत्यका विशेष प्रदेशसहित आठै प्रदेशका अधिवेशनको मिति तोकेको छ । एमालेले असोजभित्र सम्पन्न गरिसक्नेगरी प्रदेश धिवेशनको मिति तोकेको हो ।

सोमबार बसेको पार्टीको सचिवालय बैठकले भदौ १६ र १७ गते लुम्बिनी, असोज ५ र ६ गते मधेस, असोज ८ र ९ गते बागमती प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको हो ।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेले कर्णालीको अधिवेशन असोज १० र ११ गते, कोशीको असोज ११२ र १३ गते, गण्डकीको असोज १५ र १६ गते र उपत्यका विशेष प्रदेशको असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेशको असोज २१ र २२ गते अधिवेशन गर्नेछ ।

प्रदेश अधिवेशनका लागि पालिकास्तरबाट प्रतिनिधि चयन हुने ज्ञवालीले बताए ।

‘सुन तस्करीमा सरकारको गतिविधि शंकास्पद’

एमालेको सचिवालय बैठकले सुन तस्करी प्रकरणमा सरकारको गतिविधि शंकास्पद भएको निष्कर्ष निकालेको छ । ‘सुन तस्करी र यसले उत्पन्न गरेका जटिलताबारे गम्भीर छलफल भएको छ । यो विषय छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति अनिवार्य छ । जति ढिलो हुँदैछ । प्रमाणहरू नष्ट हुँदैछन्’, बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव ज्ञवालीले भने ।

सरकारले छानबिनमा आलटाल गरिरहेको र प्रतिपक्षीको आवाज दबाउन खोजिरहेको उनले बताए ।

अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्ने सांसद सुनिल शर्मालाई प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै उनले आपत्ति जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved