बंगलादेशमा डेंगुका कारण ३ सय ९८ जनाको ज्यान गयो

नेपालभ्युज

बंगलादेशमा डेंगुका कारण ३ सय ९८ जनाको ज्यान गयो

एजेन्सी बंगलादेशमा डेंगुका बिरामी बढ्दै गएका छन् ।

द ढाका ट्रिब्यूनका अनुसार बंगलादेशमा आइतबारसम्म डेंगुको कारण थप ११ जनाको मृत्यु भएको छ भने २९ सय जना नयाँ बिरामी थपिएका छन् ।

बंगलादेशमा डेंगुका कारण मृत्यु हुनेको कुल संख्या ३ सय ९८ पुगेको छ । जनवरी १ देखि बंगलादेशमा डेंगु संक्रमितको कुल संख्या ८५ हजार ४११ पुगेको छ। गत हप्ता स्वास्थ्य अधिकारीहरूले अगस्टको अन्त्यसम्ममा डेंगुमा कमी आउने प्रक्षेपण गरेका छन् ।

तर विज्ञहरूले चेतावनी दिएका छन् कि यो प्रकोप नोभेम्बर सम्म जारी रहन्छ र यो महिना चरममा पुग्ने अपेक्षा गरिएको छ। बंगलादेशको राजधानीमा डेंगुका झण्डै आधा बिरामी छन्।

बंगलादेशका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जाहिद मलेकले ढाकामा डेंगुको अवस्था ‘स्थिर’ रहेको बताए ।

संयुक्त राष्ट्र संघले जारी गरेको विज्ञप्ति अनुसार ११ अगस्टमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बंगलादेशमा डेंगु ज्वरोका घटनामा उल्लेख्य वृद्धि भएको बताएको छ । डब्ल्यूएचओले लामखुट्टेको संख्या नियन्त्रण गर्न र व्यक्तिगत जोखिम कम गर्न विभिन्न उपाय सुझाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved