आइफिल टावरमा बम राखेको धम्की, २ घण्टा बन्द गरेर पुन: खुला

नेपालभ्युज

आइफिल टावरमा बम राखेको धम्की, २ घण्टा बन्द गरेर पुन: खुला

एजेन्सी। मध्य पेरिसमा रहेको आइफिल टावरमा बम राखेको हल्लापछि बन्द गरिएको छ ।

शनिबार सुरक्षा सतर्कतापछि टावर खाली गराइएको थियो। दुई घण्टा टावर बन्द गरेर खोजतलाश गरेपनि कुनै वस्तु नभेटिएपछि पुन खोलिएको छ ।

बम राखेको धम्की दिनेको खोजी भइरहेको फ्रान्स प्रहरीले जनाएको छ ।  आइफिल टावर फ्रान्सको सबैभन्दा प्रसिद्ध प्रतीक हो।

गत वर्ष ६० लाखभन्दा बढी मानिसले यस टावरको आकर्षणबाट प्रभावित भएर भ्रमण गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved