कस्तो छ कानुनमन्त्री धनराज गुरुङको स्वास्थ्य अवस्था ?

नेपालभ्युज

कस्तो छ कानुनमन्त्री धनराज गुरुङको स्वास्थ्य अवस्था ?

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

बिहीबार बिहान एक्कासी ‘ब्लड प्रेसर लो’ भएपछि महराजगन्जस्थित मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका गुरुङको स्वास्थ्यमा सुधार हुँदै गएको हो ।

मन्त्री गुरुङका स्वकीयसचिव प्रेमप्रकाश केसीले मुटुको चाप तलमाथि भइरहेकाले लगाइएको ‘हल्टर मोनिटर’ अहिले निकालिएको बताए । उनलाई अहिले ‘अब्जर्वेशन’ राखिएको छ ।

मन्त्री गुरुङलाई हाल त्रिभुवन शिक्षण अस्पताल मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा रत्नमणि गजुरेल नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved