दैनिक शंख बजाउँदा हुन्छ चमत्कारी फाइदा

नेपालभ्युज

दैनिक शंख बजाउँदा हुन्छ चमत्कारी फाइदा

एजेन्सी । हिन्दु शास्त्रहरुमा शंखको ध्वनीको एकदमै धेरै लाभ भएको मानिन्छ । तपाईं यो थाहा पाएर अचम्म पर्नुहोला, शंख बजाउँदा सकारात्मकता मात्र आउँदैन, यसले स्वास्थ्यमा पनि धेरै फाइदा गर्छ ।

– दैनिक शंख बजाउँदा मांसपेशीहरु बलियो हुन्छन् । शंख बजाउँदा पेटको तल्लो भाग, डायाफ्राम, छाती तथा घाँटीको मांसपेशीका लागि एकदमै फाइदा पुग्छ ।

– त्यस्तै शंख बजाउँदा स्वास लिने क्षमतामा सुधार आउँछ । यसले तपाईंको थायराइड ग्ल्यान्ड्सको कसरत पनि हुन्छ । यसबाहेक मानिसको बोलीसँग सम्बन्धी धेरै समस्या ठिक हुन थाल्छन् ।

– शंख बजाउनाले अनुहारमा आउने चाउरीपनाबाट पनि छुट्कारा पाउन सकिन्छ । जब तपाईं शंख बजाउनुहुन्छ, यसले तपाईंको अनुहारको मसल्स तन्किन्छ । यसले चाउरीपना घट्न थाल्छ ।

– शंखभित्र प्रचुर मात्रामा क्याल्सियम हुन्छ । रातमा शंखमा पानी भरेर राख्नुहोस् र बिहान त्यही पानीले आफ्नो अनुहार मालिस गर्नुहोस् । यसले छालासम्बन्धी रोग निको पार्छ ।

– शंख बजाउँदा मानिसको तनाव कम हुन्छ । शंख बजाउने समयमा दिमागका सबै विचार जान्छन् । शंख बजाउँदा घरभित्र आउने नकारात्मक ऊर्जा पनि टाढा भाग्छ ।

– शंख बजाउनाले हृदयघातको खतरा पनि कम हुन्छ । दैनिक शंख बजाउनेहरुलाई मुटुमा आक्रमण हुँदैन, किनकी शंख बजाउँदा सबै ब्लकेज खुल्छन् । यो फोक्सोका लागि पनि एकदमै राम्रो हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved