सर्वोच्चले छानबिन गर्न आदेश दिएपछि युरोप भ्रमण छोट्याएर माधव नेपाल भोलि स्वदेश फर्किँदै

नेपालभ्युज

सर्वोच्चले छानबिन गर्न आदेश दिएपछि युरोप भ्रमण छोट्याएर माधव नेपाल भोलि स्वदेश फर्किँदै

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आइतबार स्वदेश फर्कदैछन्। ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले हालै पिरामिडको माथिल्लो तहसम्म छानबिन गर्न आदेश दिएलगतै उनी फर्कन लागेका हुन्।

युरोप भ्रमण छोट्ट्याउनै आइतबार नेपाल फर्कने उनको सचिवालयले जनाएको छ।

स्वीट्जरल्यान्डबाट दुई दिनअघि स्पेन पुगेका उनी म्याड्रिडस्थित नेपाली दूतावासमा छन्। आइतबार म्याड्रिडबाट कतार एयरलाइन्स हुँदै काठमाडौं फर्कनेछन्।
पूर्वप्रधानमन्त्री नेपालको यसअघि भदौ १ गते स्वदेश फर्किने कार्यक्रम थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved