भारतको गुजरातमा सडक दुर्घटना, १० जनाको मृत्यु

नेपालभ्युज

भारतको गुजरातमा सडक दुर्घटना, १० जनाको मृत्यु

गुजरात। भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु भएको छ । साथै, अन्य १३ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

राज्यको अहमदाबाद जिल्लाको बाभला-बगोदरा राजमार्गमा यात्रुवाहक गाडी रोकीराखेको ट्रकसँग ठोक्किएपछि सो दुर्घटना भएको हो।

पीडितहरू नजिकैको जिल्लामा धार्मिक कार्यक्रममा सहभागी भई फर्कने क्रममा दुर्घटनामा परेका थिए। घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सो दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले प्रत्येक मृतकका आफन्तलाई दुई लाख भारतीय रुपैयाँ र प्रत्येक घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणासमेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved