अभिनेत्री जया प्रदालाई ६ महिनाको जेल सजाय

नेपालभ्युज

अभिनेत्री जया प्रदालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बलिउड फिल्मकी अभिनेत्री जया प्रदालाई चेन्नईको एक अदालतले ६ महिना जेल सजाय सुनाएको छ । साथमा अदालतले अभिनेत्रीमाथि जरिवाना पनि तोकेको छ ।

भारतीय मिडियामा आएको खबर अनुसार वर्षौंदेखि लागेको मुद्दाको अहिले फैसला भएको हो । जसमा कथित रुपमा अभिनेत्रीमाथि उनको स्वामित्व भएको फिल्म हलका कर्मचारीलाई तलव नदिएको आरोप थियो ।

रिपोर्टअनुसार अभिनेत्रीविरुद्ध चेन्नईं स्थित एक थियटरका कर्मचारीले मुद्दा दर्ता गराएका थिए । उक्त थियटर उनकै थियो ।

मुद्दा परेपछि अभिनेत्रीले कर्मचारीलाई सम्पूर्ण तलव दिने आश्वासन पनि दिएकी थिइन । तर कर्मचारीले मानेनन् ।

अदालतले जयालाई ६ महिनाको जेल सजायसँगै प्रत्येक कर्मचारीलाई पाँच हजारका दरले जरिवाना दिन आदेश दिएको छ । यद्यपी उनले यसमा अपिल गर्न सक्नेछिन् ।

जया प्रदा हाल फिल्मबाट टाढा छन् । उनी अभिनयपछि राजनीतिमा क्रियाशिल रहिन् । उनी समाजवादी पार्टीको तर्फबाट दुईपटक सांसद पनि बनिन् । उनले हिन्दी बाहेक तमिल र तेलुगु फिल्ममा पनि काम गरेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved