भूत बंगला, जहाँ बसेपछि कंगाल भए बलिउडका तीन सुपरस्टार

नेपालभ्युज

भूत बंगला, जहाँ बसेपछि कंगाल भए बलिउडका तीन सुपरस्टार

एजेन्सी । भारतको मुम्बईको कार्टर रोडमा एउटा भूत बंगला थियो, जसको स्थानमा अहिले कम्प्लेक्स बनेको छ । तर, एक समय यो बंगलामा बलिउडका तीन सुपरस्टारहरूको बसेका थिए । जुन बंगलामा बसेपछि यी तीनै जना सुपरस्टार पूर्णरूपमा कंगाल बने।

समुद्री किनारामा रहेको उक्त बंगला पहिला एक एंग्लो–इन्डियन परिवारको थियो जसलाई सन् १९५० को सुरुआतमा यसलाई भारत भूषणले किनेका थिए । भारत भूषणले ५० को दशकमा बैजु बावरा, मरिज गालिब, गेटवे अफ इन्डिया र बरसातकी रात जस्ता हिट फिल्मबाट ठूलो सफलता पाएका थिए।

तर, यस भूत घरमा आएपछि उनको करिअर ठीकै चल्यो त्यसपछि उनका फिल्महरू फ्लप हुन थाले । जसले गर्दा उनी ऋणमा डुबे र त्यसपछि उनले यो बंगला छोड्नुपर्‍यो ।

त्यसपछि ६० को दशकमा अर्का अभिनेता राजेन्द्र कुमारलाई यस बंगलाको बारेमा थाहा भयो । यसको जीर्ण अवस्थाका कारणले यो मात्र ६० हजार भारतीय रुपैयाँमा बिकिरहेको थियो । रिपोर्टहरूका अनुसार यस घरलाई खरिद गर्नका लागि पैसा जुटाउन राजेन्द्र कुमारले तुरुन्त बीआर चोपडाको तीनवटा फिल्म साइन गरे र यसमा बस्न आएका थिए ।

तर, यो सिलसिला पनि लामो समय चलेन र भारत भूषण जस्तै राजेन्द्र कुमारको भाग्य पनि परिवर्तन भयो । उनी पनि ऋणमा डुब्न लागे, उनको आर्थिक स्थिति कमजोर हुन थाल्यो र पैसाको कमीले गर्दा उनले पनि यो घर छोड्नुपर्‍यो ।

७० को दशकमा यस घरलाई राजेश खन्नाले खरिद गरे । यस बंगलामा आउनेबित्तिकै उनका लगातार १७ वटा फिल्म सुपरहिट भए । उनले सुपरस्टारको तक्मा पनि पाए । ७० को दशकको अन्तिम अन्तिमसम्म राजेश खन्नाले फिल्ममा काम गर्न बन्द गरिदिए ।

उनी फ्लप हुन थाले किनभने अमिताभ बच्चनले बलिउडमा आफ्नो स्थान बनाइसकेका थिए । राजेश खन्ना अन्तिम स्वाससम्म यही घरमा बसे । त्यसपछि भने यो घर भएको स्थानमा अहिले कम्प्लेक्स बनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved