कपनबाट काठमाडौं महानगर ब्याक, नापजाँचपछि मात्रै टहरा भत्काइने

नेपालभ्युज

कपनबाट काठमाडौं महानगर ब्याक, नापजाँचपछि मात्रै टहरा भत्काइने

काठमाडौं । सडक तथा नदी आसपासका टहरा भत्काउन कपन पुगेको काठमाडौं महानगरपालिकाको टोली ब्याक हटेको छ । बूढालीलकण्ठ नगरपालिकासँगको छलफलपछि काठमाडौं महानगर ब्याक हटेको हो ।

बूढालीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीका अनुसार नापजाँचपछि मात्रै के–कति घर टहरा भत्काउने भन्ने टुंगो लगाउने सहमति भएको छ ।

काठमाडौं महानगरपालिका–१० र बूढानीलकण्ठ नगरपालिका– ७ को सिमानामा सडक तथा नदी आसपासका रहेका घर टहरा भत्काउन नगर प्रहरीको जम्बो टोलीसहितको डोजर पुगेपछि कपनमा स्थानीय आतंकीत बनेका थिए ।

नगर प्रहरीसँगै डोजर आएपछि स्थानीय सडकमा उत्रिएका थिए । स्थानीयको उल्लेख्य उपस्थितिका कारण महानगरले टहरा भत्काउन भने सकेको थिएन ।

टहरा भत्काउने विषयमा विवाद भएपछि बूनपा र काठमाडौं महानगरबीच वार्ता भएको थियो ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved