कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघलाई निषेध, समानान्तर समिति घोषणा स्थगित

नेपालभ्युज

कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघलाई निषेध, समानान्तर समिति घोषणा स्थगित

काठमाडौं । नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघमा गरेको मनोनयनविरुद्ध समानान्तर समिति घोषणा गर्न सानेपा पुगेका विद्यार्थी नेतालाई कार्यालय प्रवेशमा रोक लगाइएको छ ।

संस्थापन पक्षले नेविसंघमा गरेको मनोनयनविरुद्ध नाराबाजी गर्दै सानेपा पुगेका विद्यार्थीलाई कार्यालय प्रवेशमा रोक लगाइएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले गरेको मनोनयनको पक्षका विद्यार्थी पनि पार्टी कार्यालय पुगेका थिए । दुवै पक्षले नाराबाजी गर्न थालेपछि सूचना टाँसेरै उनीहरुलाई कार्यालय प्रवेशमा रोक लगाइएको हो ।

पार्टी कार्यालयको गेटमा ‘पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र सांसदहरू मात्रै प्रवेश गर्न पाउने’ भनेर लेखिएको छ ।

दुवै पक्षका विद्यार्थी भेला भएपछि सम्भावित झडप रोक्न ठूलो संख्यामा प्रहरी तैनाथ थिए ।

प्रहरीले पार्टी कार्यालय प्रवेशमै रोक लगाएपछि समानान्तर समिति घोषणा गर्न पुगेका संस्थापनइतर पक्षका विद्यार्थी त्यसै फर्किएका छन् ।

सभापति देउवाले योग्यता र क्षमताभन्दा पनि गुटगत आधारमा ७१० जना केन्द्रीय सदस्य मनोनित गरेको भन्दै विद्यार्थीहरुले विरोध गरेका हुन् ।

संस्थापन पक्षको मनोनयप्रति गगन–शेखर पक्ष असन्तुष्ट छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved