नेविसंघमा संस्थापनको मनलाग्दी, गगन-शेखर पक्ष आक्रोशित

नेपालभ्युज

नेविसंघमा संस्थापनको मनलाग्दी, गगन-शेखर पक्ष आक्रोशित

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा संस्थापन पक्षले मनलाग्दी ढंगमा केन्द्रीय सदस्य मनोनीत गरेपछि संस्थापनइतर पक्ष आक्रोशित भएको छ । संस्थापन पक्षले सहमतिविपरीत ७१० सदस्यीय तदर्थ समिति सार्वजनिक गरेपछि गगन–शेखर पक्षका विद्यार्थीले आक्रोश व्यक्त गरेका हुन् ।

आफ्नो पक्षका ४० प्रतिशत सदस्य समेटेर ५५१ सदस्यीय तदर्थ समिति ल्याउने सहमति भएको बताइएको छ । तर संस्थापन पक्षले सहमतिबेगर मनलाग्दी ढंगमा सदस्य संख्या ७१० बनाएको आरोप छ ।

७१० सदस्यीय तदर्थ समिति बनाउँदा पनि आफ्नो पक्षले नाम दिएका सबैजना नसमेटिएको उनीहरुको भनाइ छ ।

पार्टी सभापति शेरबहादुर देउवाले २०७८ चैत ९ मा दुजाङ शेर्पालाई संघको अध्यक्षमा मनोनित गरेका थिए । संघको कार्यसमितिलाई पटक पटक पूर्णता दिने पार्टीले निर्णय गरेपनि कार्यान्वयन गरेको थिएन । करिब १७ महिनापछि बनाइएको जम्बो टोलीमा समेत पार्टीका समूहले चित्त बुझाउन सकेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved