प्रतिनिधिसभा बैठक बस्दै,अवरोधबारे एमाले अलमलमा

नेपालभ्युज

प्रतिनिधिसभा बैठक बस्दै,अवरोधबारे एमाले अलमलमा

काठमाडौं ।  प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको झण्डै एक सय किलो सुन तस्करी प्रकरणको छानबिन गर्न एमालेले उच्चस्तरीय छानबिन समितिको माग राखेर लगातार बैठक अवरुद्ध गर्दै आएको छ ।

यो प्रकरणको छानबिन र अनुसन्धान गर्ने जिम्मा सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई दिएको छ । आजको बैठक अवरुद्ध गर्ने कि चल्न दिने भनेर एमालेले कुनै निर्णय गरेको छैन ।

बारम्बार संसद अवरुद्ध गर्दा गलत सन्देश प्रवाह भइरहेको भन्दै एमालेका केही नेताहरु संसद अवरुद्ध गर्न नहुने पक्षमा रहेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।

उता, बाधा अड्काऊ फुकाऊ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेश गर्नेछन् ।

साथै शिक्षा मन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई बफादार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved