मूद्राको स्थिरताका लागि अफगानिस्तानले एक करोड ३० लाख अमेरिकी डलर विक्री गर्ने

नेपालभ्युज

मूद्राको स्थिरताका लागि अफगानिस्तानले एक करोड ३० लाख अमेरिकी डलर विक्री गर्ने

काबुल । स्वदेशी मुद्राको स्थिरताका लागि अफगानिस्तानले एक करोड ३० लाख अमेरिकी डलर बोलपत्र आह्वान गरी बिक्री गर्ने भएको छ ।

अफगानिस्तानको केन्द्रीय बैंक ‘दा अफगानिस्तान बैंक (डीएबी)’ ले विदेशी मुद्राको तुलनामा देशको राष्ट्रिय मुद्रा अफगानीलाई स्थिर राख्न आइतबार एक करोड ३० लाख अमेरिकी डलर लिलामीमा राख्ने घोषणा गरेको हो ।

डीएबीले योग्य बैंक तथा मनी एक्सचेन्ज कम्पनीलाई बोलपत्रमा सहभागी भई विजेताले नगद भुक्तानी गर्न आह्वान गरेको छ । गत साता ८५.४ अफगानीको तुलनामा एक अमेरिकी डलरको विनिमय दर हाल ८५.५ अफगानी रहेको छ भने पछिल्लो केही हप्तादेखि अफगानी मुद्राको अवस्था अमेरिकी डलरसँग थप कमजोर बनेको छ ।

अफगानी मुद्रालाई बलियो बनाउन र अन्य मुद्राहरूको तुलनामा अवमूल्यन रोक्नका लागि, डीएबीले विगत केही महिनामा मुद्रा विनिमय बजारमा लाखौं अमेरिकी डलर पठाएकोे छ ।

डीएबीले यसअघि जुलाई १९ मा पनि अफगानी मुद्रालाई स्थिर बनाउन लिलामीमार्फत एक करोड ४० लाख अमेरिकी डलर बिक्री गरेको थियो । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved