सुन तस्करीबारे गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्छ- कांग्रेस महामन्त्री शर्मा

नेपालभ्युज

सुन तस्करीबारे गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्छ- कांग्रेस महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणबारे  प्रधानमन्त्री र गृहमन्त्रीले संसद बैठकमा जवाफ दिनुपर्ने बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ संसद बैठकमा खोज्नुपर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसदको भएको भन्दै संसद सन्चालन हुनुपर्ने पनि बताए । सुन तस्करी प्रकरणको गहिराइमा गएर छानबिन हुनुपर्ने उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved