ठूला नेताको नजिक पुगेपछि भ्रष्टाचार छानबिन रोकियो- शेखर कोइराला

नेपालभ्युज

ठूला नेताको नजिक पुगेपछि भ्रष्टाचार छानबिन रोकियो- शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ठूला नेताको नजिक पुगेपछि भ्रष्टाचार छानबिन प्रभावित भइरहेको टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियन काठमाडौं शाखाको कार्यक्रममा बोल्दै नेता कोइरालाले पछिल्लो समय चर्चामा आएका भ्रष्टाचार प्रकरणमाथिको अनुसन्धान ठूला नेताको नजिक पुगेपछि सामसुम भएको बताएका हुन् ।

भुटानी शरणार्थी प्रकरणमा केही नेता पक्राउ परे पनि ललितानिवास जग्गा हिनामिना प्रकरणमा ठूला नेता तानिने भएपछि अनुसन्धान नै ढिसमिस पारिएको उनको भनाइ छ । उक्त प्रकरणमा केही साना कर्मचारी पक्रेर ठूला नेतालाई उन्मुक्ति दिन खोजेको उनले बताए ।

उनले भने, ‘टिप्पणी उठाउने शाखा अधिकृत चाहिँ जेल गएर भर्खर अदालतको आदेशमा अहिलेको सचिवजी रिहा हुनुभएको छ । तर, जसले मन्त्रिपरिषदबाट निर्णय गरेको छ, तिनीहरूलाई चाहिँ केही हुँदैन ।’

ललितानिवास जग्गा प्रकरणसँगै सुन तस्करी प्रकरण पनि सामसुम हुने सम्भावना बढेको उनको बुझाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved