सरकारले छानबिन समिति बनाउन भोलिसम्म समय मागेको छ- गोकुल बास्कोटा

नेपालभ्युज

सरकारले छानबिन समिति बनाउन भोलिसम्म समय मागेको छ- गोकुल बास्कोटा

काठमाडौं। नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्नका लागि सरकारले मंगलबार सम्मको समय मागको बताएका छन् ।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मंगलबारसम्मको समय माग गरेकाले आजको प्रतनिधि सभा बैठक बस्न नसकेको बताउँदै सरकारले जति चाँडो उच्चस्तरीय छानबिन बनायो त्यति चाँडै संसद सुचारु हुने बताए ।

उनले भने, ‘सरकारले भोलिसम्मको समय मागेको छ, उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्न । भोलि बनायो भने संसद चल्छ । सरकारले अविलम्व उच्चस्तरीय छानबिन समिति बनाओस् । जे साँचो हो, त्यो बाहिर ल्याइदिओँ । की सरकार अनुसन्धान गर्न चाहँदैन ? प्रश्न उठिसकेपछि ढाकछोप गर्ने होइन, खुला हुनुपर्छ ।’

सांसद बाँस्कोटाले अनियमितताको प्रश्न उठिसकेपछि सरकार ढाकछोप गर्न नलागेर निष्पक्ष छानबिन गर्न लाग्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved