रियालिटी शो ‘महागफाडी’को अडिसन सुरु, निर्णायक मण्डलमा  शैलेन्द सिंम्खडा

नेपालभ्युज

रियालिटी शो ‘महागफाडी’को अडिसन सुरु, निर्णायक मण्डलमा  शैलेन्द सिंम्खडा

काठमाडौं। टेलिभिजन रियालिटी शो ‘महागफाडी’को अडिसन आजबाट सुरु भएको छ। शोको प्रसारण शुभारम्भ असोज तेस्रो साताबाट गरिने छ।
‘महागफाडी’लाई नरेश नाथ योगीले निर्देशन गर्दैछन्। उनी सिनेमा लेखक, कोरियोग्राफर र फाइट डिरेक्टर समेत हुन्।

मनोरञ्जनका विविध विधामध्ये वाक कला पनि एक रहेकोले जो अहिलेसम्म सही प्लेटफर्म नपाएर चुपचाप बसेका र बोलेर नै जीवनमा केही गर्छु भन्नेहरूका लागि महा गफाडी उपयोगी र नवीन प्लेटफर्म साबित हुने आयोजकले बताएको छ।

ढाकाटोपी फिल्मसको ब्यानरमा निर्माण हुने रियालिटी शोमा संसारभर रहेका नेपाली भाषी तथा नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन्।

यो शोमा आफ्नो मातृभाषामा समेत अडिसन दिन मिल्ने सुविधा आयोजन कम्पनीले दिएको छ। तर, प्राथमिकता भने नेपाली भाषा नै रहनेछ।
निर्माण कम्पनिका अनुसार सहभागीले शोको सिजन अवधिभर आफ्नो ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफूलाई ‘महागफाडी’को रूपमा प्रस्तुत गनुपर्ने छ।

फिजिकल रूपमा डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट १८ जना मात्र सहभागी हुनेछन्। १६ हप्तासम्म चल्ने कार्यक्रमको फाइनल अस्ट्रेलियामा गरिनेछ।

‘महागफाडी’को निर्णायक मण्डलमा वरिष्ठ हास्यव्यङ्ग्य कवि शैलेन्द सिंम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ रहनेछन्। यो कार्यक्रमको सञ्चालन कलाकार कामेश्वर चौरासियाले गर्नेछन्।

विजेताले १५ लाख नगद पुरस्कार तथा सवारी साधन, फर्स्टरनरअप लाई १० लाख नगद र सवारी साधन, सेकेण्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन तथा चौंथो र पाँचौं हुनेलाई आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिने शोका निर्देशक योगीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved