भारतीय एक रेलमा सिपाहीले गोली चलाउँदा कम्तीमा चार जनाको मृत्यु

नेपालभ्युज

भारतीय एक रेलमा सिपाहीले गोली चलाउँदा कम्तीमा चार जनाको मृत्यु

नयादिल्ली। भारतको महाराष्ट्र राज्यको जयपुरबाट मुम्बईतर्फ जाँदै गरेको रेलमा सोमबार बिहान रेलवे सुरक्षा बल (आरपीएफ) का एक जवानले गोली चलाउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ।

पश्चिम रेलवेका अनुसार, सीटी चेतन नाम गरेका सिपाहीले जयपुर–मुम्बई सेन्ट्रल एक्सप्रेस ट्रेनमा महाराष्ट्रको पालघर स्टेसन पार गरेपछि आरपीएफका असईसहित चार यात्रुहरूमाथि गोली चलाएका थिए ।

पश्चिम रेलवेबाट प्राप्त जानकारीअनुसार आरोपी सिपाहीलाई हतियारसहित पक्राउ गरिएको छ । जयपुर–मुम्बई सेन्ट्रल एक्सप्रेस (ट्रेन नम्बर १२९५६) को बी फाइभ डिब्बामा उक्त घटना भएको आरपीएफका अधिकारीहरूले बताएका छन् ।

आरपीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ट्रेन नम्बर १२९५६ मा सोमबार बिहान ५ः२३ मा बी ५ कोचमा गोली चलेको खबर आएको थियो ।

अनुरक्षण (एस्कर्ट) सेवामा खटिएका सीटी चेतनले इन्चार्ज असई टीकाराममाथि गोली चलाएको पुष्टि भएको छ । रेल बीभीआईमा आइपुग्नु पहिले प्राप्त अग्रिम जानकारी अनुसार, असईको अतिरिक्त अन्य तीन सर्वसाधारणको हताहती भएको पनि रिपोर्ट गरिएको छ ।

आरपीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणकारी सिपाहीलाई प्रहरीले समातेको छ र डीसीपी नर्थ गभर्नमेन्ट रेलवे प्रहरीलाई खबर गरिएको छ । घटनाबारे थप विस्तृत रिपोर्ट अनुसन्धानपछि जानकारी गराइनेछ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved