उदयपुरमा ५१ जनामा डेङ्गु संक्रमण

नेपालभ्युज

उदयपुरमा ५१ जनामा डेङ्गु संक्रमण
सांकेतिक तश्वीर

उदयपुर । उदयपुरमा हालसम्म ५१ जनामा डेङ्गु संक्रमण देखिएको छ । साउनको सुरुदेखि हालसम्म सो सङ्ख्यामा सङ्क्रमित फोला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

हालसम्म सबैभन्दा बढी त्रियुगा नगरपालिकामा २१ जना संक्रमित फेला परेका छन् । बेलका नगरपालिका, चौदण्डी गढी नगरपालिका र कटारी नगरपालिकामा डेङ्गुको बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याब प्रमुख तथा फोकल पर्सन लहुकाजी राईले जानकारी दिए ।

जिल्ला अस्पताल उदयपुरका प्रमुख डा ज्ञानेन्द्र झाका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको छ । साउन १ गतेदेखि उदयपुरमा डेङ्गुका बिरामी देखा पर्न थालेको र हालसम्म ५१ जनामा सङ्क्रमण देखा परेको उनले जानकारी दिए । केही सिकिस्त बिरामीलाई उपचारका लागि सुनसरी र विराटनगर पठाइएको छ भने बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रमुख डा ज्ञानेन्द्र झाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved